आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

थप १३८२ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु

गोकर्णेश्वर खबर२३ मंसिर २०७७, मंगलवार १६:३८ मा प्रकाशित (३ साल अघि) ६५३ पाठक संख्या

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ३८२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा एक हजार ६२१ जना कोरोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै हालसम्म कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या दुई लाख २९ हजार ५४ पुगेको छ । नेपालका हालसम्म दुई लाख ४३ हजार ३७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार हाल मुलुकभर १२ हजार ६८६ जना सक्रिय सङ्क्रमित छन् ।

पछिल्लोे २४ घण्टामा कोरोनाका कारण २३ जनाको मृत्यु भएसँगै नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ६३७ पुगेको छ ।