आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

वेलायतको कोरोना खोप-कार्ड कस्तो छ ?

गोकर्णेश्वर खबर२३ मंसिर २०७७, मंगलवार १६:२० मा प्रकाशित (३ साल अघि) ५३१ पाठक संख्या

काठमाडौँ । वेलायतले क्रेडिट कार्डको आकारको कोरोना खोप कार्ड बनाएको छ र यसलाई खोप लगाइने नागरिकलाई प्रदान गरिनेछ । यस कार्डमा मानिसको व्यक्तिगत जानकारी तथा दोश्रो पटक खोप लगाउन तथ्यांक हुनेछ ।

मंगलवार वेलायतले कोरोनाको खोप लगाउने कार्यक्रमको शुरुवात गरेको छ र यो फाइजर/बायो एन टेकको खोप रहेको छ । वेलायत पश्चिमी मुलुकहरुमा खोपलाई अनुमति दिने पहिलो राष्ट्र हो ।

पहिलो चरणको खोप कार्यक्रममा ५० वटा अस्पताल खोप केन्द्र तोकिएको छ र ८० वर्ष भन्दा अधिक उमेर भएका तथा राष्ट्रिय स्वास्थ्य सेवाका उच्च जोखिममा रहेका कर्मचारीलाई पहिलो खोप लगाइने भएको छ ।

त्यसपछि डाक्टरहरुको कार्यालयमा स्थानीय खोप केन्द्र तय हुनेछ र वेलायत भरी करिब एक हजार खोप केन्द्र स्थापना हुने भएको छ । फाइजर/बायोएनटेक को खोप तीन हप्ताको अवधिमा दुई डोज लगाउनुपर्ने हुन्छ र यसलाई माइनस ७० डिग्री सेल्सियसमा भण्डारण गरि राख्नुपर्दछ  ।

खोप-कार्ड दोश्रो खोपको स्मरणको लागि दिइनेछ जसमा ‘दोश्रो पटक खोप लगाउन नबिर्सनु’ लेखिएको छ र यसले मानिसलाई दोश्रो खोपको सम्झना गराउनेछ । वेलायतको सरकारले ४० मिलियन खोपको डोज अर्डर गरको छ जसले २० मिलियन मानिसलाई खोप लगाइने छ । यो वेलायतको एक तिहाई जनसंख्या हो ।

जोन हप्किंग्स विश्वोविध्यालयको तथायंक अनुसार, युरोपमा सबैभन्दा अधिक कोरोना संक्रमणबाट मृत्यु हुने देश वेलायत हो । वेलायतका स्वास्थ्य अधिकारीले चार मिलियन थप खोप उपलब्ध हुने बताएका छन् ।

फाइजरको खोप परिक्षणको क्रममा ९५ प्रतिशत प्रभावकारी भएको नतिजा आएको थियो र यो डिसेम्बरको अन्त्य सम्ममा सबैलाई उपलब्ध हुने बताइएको छ ।

खोप पासपोर्ट 

सरकारमा रहेका मन्त्रीहरुले भने ‘खोप पासपोर्ट’ बारेमा केहि योजना नरहेको बताएका छन् । क्याबिनेट कार्यालयका मन्त्री माइकल गोभ भन्छन्, ‘हामीले कुनै खोप पासपोर्ट उपलब्ध गराउने निर्णय गरेका छैन ।’

तर यस खोप-कार्डलाई ‘खोप पासपोर्ट’ को रुप दिइने वेलायतमा चर्चा चलेको थियो ।

कन्जर्भेटिभका सांसद, जेम्स क्लेभार्ली भन्छन्, ‘यस कार्डले मानिसको जीवन पुन स्वतन्त्र हुनेछ र देशको अर्थतन्त्र पुन सुचारु हुनेछ , यसले विश्वमा हामी आफ्नो नागरिकको सुरक्षा गर्न सक्षम छौं भन्ने सन्देश दिनेछ ।’