आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

घट्यो सुनचाँदीको मूल्य

गोकर्णेश्वर खबर२३ मंसिर २०७७, मंगलवार ०६:४४ मा प्रकाशित (३ साल अघि) ५७० पाठक संख्या

नेपाली बजारमा सोमवार सुनको मूल्यमा गिरावट आएको छ ।

सोमवार छापावाल सुनको मूल्य प्रति तोला ९२ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन तेजाबी सुन प्रति तोला ९२ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार, सोमवार चाँदी प्रति तोला १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने चाँदी प्रति तोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको थियो ।