आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

सगरमाथाको नयाँ उचाई आज सार्वजनिक हुँदै

गोकर्णेश्वर खबर२३ मंसिर २०७७, मंगलवार ०६:०९ मा प्रकाशित (३ साल अघि) ५५६ पाठक संख्या

नेपाल र चीन दुवै देशले भोली सगरमाथाको उचाई आज (मंगलवार) सार्वजनिक गरिँदै छ ।

नापी विभागका अनुसार नेपालले आफ्नै जनशक्ति र प्रविधिको प्रयोग गरी चीनसँगको संयुक्त टोलीमा सगरमाथाको उचाई मापन गरेको हो ।

सर्वेक्षणबाट प्राप्त प्रतिवेदन भोली दुवै देशका सहमतिमा एकैपटक सार्वजनिक हुने विभागले जनाएको छ । यसअघि एकैपटक सार्वजनिक गर्नका लागि नेपाल सरकारले गरेको प्रस्ताव चीन सरकारले स्वीकार गरेको छ ।

दिउँसो करिब दुई बजेतिर नापी विभागमा नेपालतर्फबाट उचाई सार्वजनिक हुनेछ । यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको नापी विभागका सूचना अधिकारी दामोदर ढकालले लोकान्तरलाई जानकारी दिए ।

दुवै देशले छुट्टाछुट्टै साधन र स्रोत प्रयोग सगरमाथाको उचाइ मापन पूरा गरेका छन् । करिब २ वर्षअघि विभागले सगरमाथाको मापन गर्न सुरु गरेको हो । यसका लागि सुशिल डंगोलको संयोजकत्वमा सगरमाथा मापन सचिवालय टोली गठन गरिएको थियो ।

गत असारमा सचिवालयले रिपोर्ट तयार गरेको थियो । टोलीले ग्लोबल न्याभिकेसन स्याटलाइट सिस्टम (जिएनएसएस) प्रविधिबाट सगरमाथा मापन गरेको हो । यो प्रविधि सबैभन्दा अत्याधुनिक मानिन्छ ।