आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

गोकर्णेश्वर खबर२३ मंसिर २०७७, मंगलवार ०५:४८ मा प्रकाशित (३ साल अघि) ५४२ पाठक संख्या

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश जारी गरेकी छिन् । राष्ट्रपतिले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी हुन् ।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा दुई अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।