आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

समाजसेवी याङजी योञ्जनद्वारा ब्ल्याङकेट वितरण

गोकर्णेश्वर खबर२३ मंसिर २०७७, मंगलवार ०५:३१ मा प्रकाशित (३ साल अघि) ६९० पाठक संख्या

काठमाडौं । समाजसेवी याङजी योञ्जनद्वारा ब्ल्याङकेट वितरण भएको छ । हिजो काठमाडौंका विभिन्न स्थानमा समाजसेवी योञ्जनले ब्ल्याङकेट वितरण गर्नु भएको हो ।

काठमाडौंको कुमारीगालमा ४ परिवार, टुसालमा ३ परिवार, बौद्ध महांकालमा २ परिवारका साथै सुनौलो पाइला र सुनौलो संसार संस्थाका बालबालिकाहरुका लागि ब्ल्याङकेट वितरण गरिएको छ ।

 

काठमाडौं कुमारीगालमा अपांगता भएका व्यक्तिको ४ परिवारलाई ब्ल्याङकेट वितरण गरिएको छ भनें खाद्यान्न अभावले समस्यामा रहेको १ परिवारलाई खाद्यान्न सहयोग गरिएको योञ्जनले बताउनु भयो ।

ज्याम्लिङ बुद्ध फाउण्डेसनको सहयोगमा समाजसेवी याङ योञ्जनले ब्ल्याङकेट वितरण गर्नु भएको हो । फाउण्डेसनले मानवीय सेवाका कार्यहरु गर्दै आएको छ । फाउण्डेसनले लकडाउनको समयमा र कोरोना पछिको जटिल स्थितीमा सयौं गरिव, मजदुर लगायतका पिडितहरुलाई खाद्यान्न राहत वितरण तथा आर्थिक रुपमा कमजोर विरामीहरुलाई औषधि उपचारमा सहयोग गरिसकेको छ ।

मानवले दुःखमा मानवलाई सहयोग नगरे मानव हुनुको अर्थ नहुने बताउनु हुने समाजसेवी योञ्जन आफूले सकेको सहयोग सबैले गर्नु पर्ने बताउनु हुन्छ ।