आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

प्रिमियर लिगमा टोटेनहमसँग आर्सनल पराजित

गोकर्णेश्वर खबर२२ मंसिर २०७७, सोमबार ०६:५२ मा प्रकाशित (३ साल अघि) ६७५ पाठक संख्या

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमसँग आर्सनल पराजित भएको छ ।

आइतबार राति भएको खेलमा टोटेनहमले आर्सनललाई २-० गोल अन्तरले पराजित गरेको हो ।

रेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ह्युङ मिन सन र ह्यारी केनले एकएक गोल गरे ।

खेलको १३औँ मिनेटमा सनले गोल गर्दै टोटेनहमलाई १-० को अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा केनले गोल गर्दै टोटेनहमलाई २-० को जित दिलाए ।

जितसँगै टोटेनहम तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । टोटेनहमले ११ खेलमा २४ अंक जोडेको छ ।

आर्सनल १४ अंकसहित १५औँ स्थानमा रहेको छ ।