आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

आज श्वेता खड्का र विजयेन्द्रको विवाह हुँदै

गोकर्णेश्वर खबर२२ मंसिर २०७७, सोमबार ०६:३१ मा प्रकाशित (३ साल अघि) १०१२ पाठक संख्या

काठमाडौं । अभिनेत्री श्वेता खड्काले विवाह आज हुँदैछ । उनले धनगढीका विजयेन्द्र सिंह रावतसँग आज लगनगाँठो कस्न लागेकी हुन् ।

श्वेता र रावतको विवाहका बिषयमा छापिएको विवाह कार्ड अहिले सार्वजनिक भएको छ । जसले उनले रावतसँग बिवाह गर्न लागेको समेत पुष्टि गर्दछ ।

विवाहको निम्तो कार्डमा उनको बैवाहिक समारोह गोकर्ण फरेष्ट रिसोर्ट हुने लेखिएको छ । श्वेता र विजयेन्द्रको विवाहको बिषयमा केही महिनायता मिडियामा बिभिन्न समाचार छाउने गरेको थियो । तर, अभिनेत्री श्वेताले भने उक्त समचारमा खन्डन गर्दै आएकी थिइन् ।

फिल्म ‘कहाँ भेटिएला’बाट अभिनयमा डेब्यु गरेकी स्वेताले यस अगाडि स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठसँग वि.सं २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् । बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको निधन भएको थियो ।

श्रीकृष्णको निधन पछि पनि उनी अभिनय समाजसेवामा सक्रिय उनले केही अगाडि ‘कान्छी’ समेत फिल्म निर्माण गरेकी थिइन् । विवाहको एक दिन अगाडी श्वेताले मनटुने स्टाटस सामाजिक सञ्जालमा लेख्दै आफुले विवाह गर्न लागेको विषयमा आप्नो विचार व्यक्त गरेकी छन् ।