आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

द भ्वाइस अफ नेपाल सिजन–३ को डिजिटल अडिसन सुरु

गोकर्णेश्वर खबर२१ मंसिर २०७७, आईतवार १८:१३ मा प्रकाशित (३ साल अघि) ५५७ पाठक संख्या

काठमाडौँ । द भ्वाइस अफ नेपाल सिजन–३ को डिजिटल अडिसन सुरु भएको छ ।

बहुप्रतिक्षित रियालिटी सोको तेस्रो सिजनका लागि शनिवारबाट डिजिटल अडिसन सुरु भएको हो । द भ्वाइस अफ नेपालको प्लेटमर्फमार्फत् सांगीतिक करियर निर्माण गर्न चाहने प्रतिभाहरुले द अडिसनमा सहभागी हुन पाउने छन् ।

१६ बर्ष उमेर पुगेका युवादेखि ४५ बर्षसम्मका प्रतिभाहरुले यो रियालिटी सोमा भाग लिन पाउनेछन् । डिजिटल अडिसनमार्फत् आफ्नो गीतको भिडियो रेकर्ड पठाई यसमा आबेदन गर्न सकिने छ ।

अडिसनमा नेपाली नागरिकमात्र नभई नेपाली भाषामा गीत गाउन सक्ने नेपाली मूलका बिदेशी वा बिदेशी नागरिक पनि सहभागी हुन सक्नेछन् । यस्ता प्रतिभाहरु अडिसन दिन वा कार्यक्रममा सहभागीता जनाउनका लागि काठमाण्डौमा भौतिकरुपमै उपलब्ध हुनसक्ने हुनुपर्छ ।

कसरी सहभागी हुने ?

द भ्वाइस अफ नेपाल सिजन ३ को डिजिटल अडिसनमा सहभागी हुन द भ्वाइस अफ नेपालको अफिसियल एप डाउनलोड गरी फारम भर्नुपर्छ । फारम भरेपछि मोबाइलमार्फत् नै गीत रेकर्ड गरी पठाउनुपर्ने छ । आफ्नो रेकर्ड पठाएपछि अडिसनमा सहभागीताको प्रमाणस्वरुप आबेदनकर्ताले एउटा कोड प्राप्त गर्नेछन् ।

तर, मोबाइल एपमार्फत् अडिसन दिन असमर्थ भएको खण्डमा बिभिन्न सामाजिक सञ्जालमा रहेका द भ्वाइस अफ नेपालका पेजमार्फत् पनि अडिसनमा सहभागी हुन सकिने छ । प्रयोगकर्ताले फेसबुकमा रहेको द भ्वाइस अफ नेपालको पेजमा गई म्यासेन्जरमा समेत भिडियो पठाउन सक्नेछन् ।

कुनैपनि डिजिटल माध्यममा पहुँच नहुने प्रतिभाहरु पनि यो अडिसनबाट बञ्चित हुनुपर्ने छैन् । इन्टरनेटको पहुँच नभएका प्रयोगकर्ताले द भ्वाइस अफ नेपालको उत्पादन टीमको फोन नम्बर ९८४१५३४४२८ मा फोन गरेर पनि अडिसनका लागि समन्वय गर्न सक्नेछन् । आवेदकहरुले सोही नम्बरको भाइवर वा ह्वाट्सएपमा पनि भिडियो रेकर्ड गरी पठाएर अडिसनमा सहभागी हुन सक्नेछन् ।