आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

सरकारी शिक्षक दरबन्दी मिलान उपसमितिले बुझायो गोकर्णेश्वर नगरपालिकालाई प्रतिवेदन

गोकर्णेश्वर खबर२१ मंसिर २०७७, आईतवार १८:०१ मा प्रकाशित (३ साल अघि) ४६१ पाठक संख्या

सरकारी शिक्षक दरबन्दी मिलान उपसमितिले आज गोकर्णेश्वर नगरपालिकालाई आफ्नो प्रतिवेदन बुझाएको छ। नगरपालिकाभरिका सामुदायिक विद्यालयमा अध्यापन गराइरहेका स्थायी अस्थायी तथा करारका शिक्षकहरूको दरबन्दी विवादमा आएसी उपसमितिले नगरपालिका प्रमुख सन्तोष चालिसेमार्फत शिक्षा युवा तथा खेलकुद शाखालाई प्रतिवेदन बुझाएको हो।

हाल नगरपालिका भित्र रहेको १६ वटा सामुदायिक विद्यालयमा २१५ जना शिक्षक कार्यरत छन्। जसमध्ये दरबन्दी मिलान गर्दा १८ जना करारमा कार्यरत शिक्षक बढी देखिन आएकाले विवाद सृजना भएको थियो।

दरबन्दी मिलान उपसमितिका संयोजक तथा बडा नम्बर ३ का वडा अध्यक्ष राजेन्द्र भन्डारीका अनुसार नगरपालिकाभरिका सामुदायिक विद्यालयमा अझै १४ जना शिक्षकको आवश्यकता छ। शिक्षा मन्त्रालयबाट प्राप्त शिक्षक अपुग भएकाले केही विद्यालयले नगरपालिकाले तलब दिने गरी करारमा शिक्षक राखेका छन्।

‘अपुग १४ शिक्षक र हाल कार्यरत १८ जना मिलाएर कुल ३२ जना शिक्षकको दरबन्दी खडा गरी नगरपालिकाले आफ्नै श्रोतमा उनीहरुलाई तलब सुविधा उपलब्ध गराउनेछ। यसबापत नगरपालिकाको वार्षिक करिब ८० लाख तलब भत्तामा खर्च हुनेछ।’

३२ जना नयाँ दरबन्दी खोलेपछि पुराना करारका सहित नगरपालिकाले नयाँ १४ जना शिक्षक भर्ती गर्ने छ। यसमा स्थानीयलाई प्राथमिकता दिने संयोजक भन्डारी बताउँछन्।

वडा नं ३का अध्यक्ष राजेन्द्र भण्डारीले बताउनुभयो