आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

नेपालमा पछिल्लो २४ घण्टामा थपिए १०९६ कोरोना संक्रमित,१७ को मृत्यु

गोकर्णेश्वर खबर२१ मंसिर २०७७, आईतवार १६:४० मा प्रकाशित (३ साल अघि) ४७४ पाठक संख्या

पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितको १०९६ संख्या  रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशभर १०९६ जना कोरोना संक्रमित थपिएका हुन्।

हालसम्म जम्मा संक्रमितको संख्या २४०९८१  पुगेको छ ।

काठमाडौँ उपत्यकामा ४८४जना संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ३५१  भक्तपुरमा  ६९ र ललितपुरमा ७४   जना संक्रमित थपिएका छन ।

प्रवक्ता गौतमका अनुसार देशभर सक्रिय संक्रमितको संख्या  १३५८२  छ । यसमध्ये संस्थागत आइसोलेसनमा ५१२१ र होम आइसोलेसनमा  ८४६१ जना संक्रमित रहेका छन्।

घण्टामा पीसीआर परीक्षणको संख्या ६४९५ रहेको छ।

पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या १७५३  रहेको छ । हालसम्म डिस्चार्ज हुने संक्रमित २२५८०५ जना रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन्।

आईसीयूमा उपचाररत संक्रमितको संख्या  ३१३  र भेन्टिलेटरमा ५५ जना संक्रमित छन् ।

२४ घण्टामा मृत्यु  हुने  संक्रमितको संख्या १७ रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको जम्मा संख्या १५९६ पुगेको छ ।