आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

केन्द्रीय कार्यालय र पार्टीको लोगो दुरूपयोग हुनु मेरो सचिवालयको कमजोरी होः प्रचण्ड

गोकर्णेश्वर खबर२१ मंसिर २०७७, आईतवार ०६:४८ मा प्रकाशित (३ साल अघि) ५६७ पाठक संख्या

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको सचिवालय बैठकमा प्रस्तुत गरेको धारणा पुस्तकको रूपमा छापेर बितरण गर्ने नाममा केन्द्रीय कार्यालय र लोगोको अनधिकृत प्रयोगमा आफ्नो कमजोरी रहेको स्वीकार गर्नुभएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा पूर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले आफ्नो सचिवालयको कमजोरी भएको स्वीकार्दै केन्द्रीय कार्यालय र लोगोको अनधिकृत प्रयोग भएको बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाइ केन्द्रीय कार्यालय र लोगोको अनधिकृत प्रयोगका विषयमा प्रचण्डसँग जानकारी माग्नुभएको थियो । बैठकमा ओलीले तत्काल स्थायी कमिटीको बैठक राख्ने कुरामा असहमति जनाउनुभयो । उहाँले  एजेण्डाबिना कसरी बैठक हुन सक्छ भन्ने प्रश्न समेत गर्नुभयो । प्रधानमन्त्रीले बैठकमा भन्नुयो ‘तपाईँहरुले बहुमत र अल्पमतको खेल खेल्न स्थायी कमिटीमा जान खोज्नुभएको होला। तर, म जहाँ लगेर छलफल गरे पनि महाधिवेशनसम्म अध्यक्ष र अर्को निर्वाचनसम्म प्रधानमन्त्रीको पद छाड्दिनँ’ स्रोतले प्रधानमन्त्री ओलीको भनाईलाई उद्धृत गर्दै भन्यो, ‘त्यसैले अहिले स्थायी कमिटीको बैठक आवश्यक छैन।’

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल भने प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध आक्रामक रूपमा प्रस्तुत हुनुभएको थियो । सो बैठकमा महासचिव विष्णु पौडेल, सचिवालय सदस्यहरू इश्वर पोखरेल र रामबहादुर थापा बादलले विवाद समाधानका लागि शीर्ष तहमा व्यपक छलफलको आवश्यकता रहेको बताउनुभएको थियो ।