आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

नम्रता श्रेष्ठलाई मिस नेपाल २०२० को उपाधि

गोकर्णेश्वर खबर२० मंसिर २०७७, शनिबार २२:१३ मा प्रकाशित (३ साल अघि) ४९३ पाठक संख्या

काठमाडौं । मिस नेपाल २०२० को उपाधि नम्रता श्रेष्ठले जितेकी छिन् । हाेटल पार्क भिलेजमा  शनिबार भएको ग्राण्ड फिनाले मार्फत उनी विजेता भएकी हुन् । मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई उछिन्दै नम्रता श्रेष्ठले मिस नेपाल वर्ल्ड २०२० को ताज पहिरिएकी हुन् ।

यस्तै यो वर्षको ‘मिस नेपाल अर्थ’को उपाधि सुप्रिया श्रेष्ठले जितेकी छन् भने ‘मिस नेपाल इन्टनेशनल’को उपाधि सन्ध्या शर्माले हात पारेकी छन् ।

अन्तिम राउन्डका ६ जना प्रतिस्पर्धालाई ‘कल्पना गर्नुस् तपाईं एउटा सानो ढुंगा हो, जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ, तपाईं नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरंग फैलाउन चाहानुहुन्छ ? भनेर सोधिएको थियो ।

नम्रताले यो प्रश्नमा आफूले तराई क्षेत्रमा कुरितीका रुपमा रहेको दाइजोप्रथा हटाउन छोरीलाई शिक्षामार्फत सशक्तीकरण गर्न आफू अघि बढ्ने बताएकी थिइन् ।