आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

स्वयम्भु क्षेत्र बचाऔं अभियानद्वारा दीप प्रज्वलन

गोकर्णेश्वर खबर२० मंसिर २०७७, शनिबार २१:३० मा प्रकाशित (३ साल अघि) ११०१ पाठक संख्या

विश्व सम्पदा सूचिमा रहेको स्वयम्भु विश्वसम्पदा क्षेत्र बचाऔं अभियानले दीप प्रज्वलन गरी विरोध गरेको छ । अभियाननले स्वयम्भु, बौद्ध र लुम्बिनीमा शनिबार साँझ पाँच बजे एक साथ दीप प्रज्वलन गरेको हो ।

 

कलंकी–चाबहिल सडक विस्तारको क्रममा त्यस क्षेत्रमा रहेका सम्पदा भत्काउन लागिएको हो ।

‘विश्वसम्पदामा सूचीकृत स्ययम्भु क्षेत्रको ऐतिहासिक, धार्मिक, सांस्कृतिक सीमा स्तम्भ, त्यसभित्र रहेको हातले घुमाउने माने र साङ्गे तोङ्कु (हजार मुर्ति सहितको स्तुपा) समेत भत्काउन गइरहेकोले विरोधमा उत्रेको अभियानका अध्यक्ष आचार्य नोर्बु शेर्पाले भने ।

अभियाननले स्वयम्भु, बौद्ध र लुम्बिनीमा शनिबार साँझ पाँच बजे एक साथ दीप प्रज्वलन गरेको र २७ मंसिरमा स्वयम्भु परिसरमा शान्तिपूर्ण मौन र्‍याली गर्ने भएको छ ।

प्रधानमन्त्री, संस्कृति मन्त्री, भौतिक पूर्वाधार मन्त्री, सडक विभाग, काठमाडौं महानगरपालिका, पुरातत्व विभाग, युनेस्को लगायतलाई ज्ञापनपत्र बुझाउने र मंसिर महिनाभरी हस्ताक्षर अभियान सञ्चालन गर्न लागेको अध्यक्ष शेर्पाले जानकारी दिए ।

दीप प्रज्वलनमा तामाङ घेदुङ, नेपाल बुद्धिष्ट तामाडं सुधार समिति ,गोकर्णेश्वर नगरपालिका-४ मकालबारी सहित अन्य संघसंस्थाहरुको सहभागीता थियो ।