आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

थप १ हजार २४ जनामा कोरोना पुष्टि, २२ सय ६ निको भए, १० को मृत्यु

गोकर्णेश्वर खबर२० मंसिर २०७७, शनिबार १६:२६ मा प्रकाशित (३ साल अघि) ३८५ पाठक संख्या

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपरान्ह दिएको जानकारी अनुसार देशभरमा थप १ हजार २४ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार २०६ जना संक्रमित निको भएका छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।