आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

बूढानीलकण्ठमा स्थानीय पाठ्यक्रम पढाइँदै

गोकर्णेश्वर खबर१९ मंसिर २०७७, शुक्रबार १८:२७ मा प्रकाशित (३ साल अघि) १२३७ पाठक संख्या

“स्थानीयस्तरका मूल्यमान्यता, कलासंस्कृतिको संरक्षण र सम्बर्धन गर्ने उद्देश्यले स्थानीय पाठ्यक्रम तयारी गरी कार्यान्वयनमा ल्याइएको हो”, प्रमुख उपाध्यायले भने। गत वैशाखदेखि पढाइ शुरु गर्ने उद्देश्यले निर्माण गरिएको पाठ्यक्रम कोभिड–१९ र त्यसको असरले उत्पन्न परिस्थितिका कारण पाठ्यपुस्तक छपाइलगायत काममा ढिलाइ भएको औँल्याइएको छ। अहिले नगरपालिकाले सञ्चालन गरेको विभिन्न माध्यममार्फत पठनपाठन अघि बढाइएको बताइएको छ।

नगरपालिकाले कक्षा १ देखि ८सम्म अनिवार्य विषयका रुपमा अध्ययनअध्यापन शुरु गरेको बताइएको छ।

पुस्तकको नाम कक्षा १ देखि ३ सम्म ‘मेरो बूढानीलकण्ठ’ र ४ देखि ८सम्म ‘हाम्रो बूढानीलकण्ठ’ रहेको छ। एक सय पूर्णाङ्कको सो पाठ्यक्रममा स्थानीय समाज, इतिहास, भूगोल, मठमन्दिर, पेशाव्यवसाय, प्रचलित जात्रा, सामाजिक रुपान्तरणलगायत विषय समेटिएको छ।

विद्यालयका शिक्षक, विज्ञ र जनप्रतिनिधिबीच सहमति भई पाठ्यक्रम तयार गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकामा १११ संस्थागत र १९ सामुदायिक विद्यालय छन्।