आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

काठमाडौं उपत्यकामा आज ५६१ जनामा कोरोना पुष्टि

गोकर्णेश्वर खबर१९ मंसिर २०७७, शुक्रबार १६:५१ मा प्रकाशित (३ साल अघि) ३८६ पाठक संख्या

काठमाडौं ।

काठमाडौं उपत्यकामा आज ५६१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा ४५५, भक्तपुरमा २६ र ललितपुरमा ८० संक्रमित थपिएका छन् ।

यससँगै काठमाडौंमा अब ८९ हजार २८८ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ८ हजार ७९ जना कोरोना संक्रमित छन् । ललितपुरमा १३ हजार ५०० जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या १ लाख १० हजार ८४० पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ जना पुगेको छ । आज १ हजार ३४३ जना नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५५१ पुगेको छ । आज मात्र १३ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख २० हजार २७२ पुगेको छ । आज निको हुनेको संख्या २ हजार १११ रहेको छ ।

आजको पिसिआर परीक्षण ९ हजार २८९ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १७ लाख ६३ हजार ९१९ रहेको छ । आज १५ हजार ७६६ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।