आज: ११ माघ २०७७, आईतवार | Sun, 24, Jan, 2021

नेपालमा पछिल्लो २४ घण्टामा थपिए १२७२ जनामा कोरोना पुष्टि, १६ जनाको मृत्यु

गोकर्णेश्वर खबर१९ मंसिर २०७७, शुक्रबार १६:३९ मा प्रकाशित (१ महिना अघि) ९९ पाठक संख्या

काठमाडौँ । आज थप एक हजार २७२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ३८ हजार ८६१ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ३०० जनाको पिसिआर परीक्षण गरिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख २१ हजार ८४७ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर १ हजार ५७५ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर १५ हजार ४४७ सक्रिय सङ्क्रमित रहेका छन् ।

थप १६ को मृत्यु

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या १ हजार ५६७ पुगेको मन्त्रालयले जनाएको छ ।