आज: १७ बैशाख २०८२, बुधबार | Wed, 30, Apr, 2025

गोकर्णेश्वर ५ नारायणटारस्थित जुम क्याफे एन्ड ब्यान्क्वेटबाट रेड पाण्डाको छालासहित ३ पक्राउ

गोकर्णेश्वर खबर१९ मंसिर २०७७, शुक्रबार १६:०० मा प्रकाशित (४ साल अघि) १२६४ पाठक संख्या

काठमाडौंको गोकर्णेश्वरबाट रेड पाण्डाको छाला कारोबार गर्ने तीन जना पक्राउ परेका छन्।

महानगरीय अपराध महाशाखाको टोलीले रेड पाण्डाको छालासहित तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा खोटाङका ३० वर्षीय मनोज मगर, ३० वर्षीय रवन बस्नेत र उदयपुरका ३४ वर्षीय केशरबहादुर मगर छन्।

उनीहरूलाई प्रहरीले बिहीबार दिउँसो साढे १ बजे गोकर्णेश्वर-५ नारायणटारस्थित जुम क्याफे एन्ड ब्यान्क्वेटबाट पक्राउ गरेको हो।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार उनीहरूले विक्री गर्न उक्त क्याफेमा बसिरहेका थिए।

सो सूचना पाएपछि प्रहरीको टोली गएर उनीहरूलाई पक्राउ गरेको हो। ‘उनीहरू आफैंले पनि ल्याउने, अरूबाट पनि किन्ने गर्ने रहेछन्,’उनले भने,’हिजो पनि क्याफेमा विक्री वितरण गर्न लागेको सूचना पाएपछि समातेका हौं।’

उनीहरूमाथि थप अनुसन्धान गर्न डिभिजन वन कार्यालय काठमाडौं पठाएको छ।