आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

नेपाल एयरलाइन्सलाई हङकङमा फेरि १५ दिने प्रतिबन्ध

गोकर्णेश्वर खबर१९ मंसिर २०७७, शुक्रबार १५:५१ मा प्रकाशित (३ साल अघि) २९८ पाठक संख्या

नेपाल एयरलाइन्सको व्यावसायिक उडानमा हङकङ विमासन्थलमा फेरि १५ दिने प्रतिबन्ध लागेको छ।

नेपालबाट गएका यात्रुमा कोरोना पोजेटिभ देखिएपछि हङहङ विमानस्थलले नेपाल एयरलाइन्सलाई प्रतिबन्ध लगाइदिएको छ।

यसअघि पनि नेपाल एयरलाइन्सको उडानमा हङकङले प्रतिबन्ध लगाइसकेको छ। त्यतिबेला उडान प्रतिबन्धमा पर्दा निजी अस्पतालमा गरिएको कोरोना परीक्षण रिपोर्टमा धेरै कैफियत देखिएको नेपाल एयरलाइन्सले बताएको थियो। सोही कारण देखाउँदै हङकङ उडानमा जाने यात्रुलाई सरकारी प्रयोगशालाको रिपोर्टमात्र मान्य हुने निर्णय गरेको थियो।

सरकारी प्रयोगशालाकै रिपोर्ट बोकेरै गएका ६ जना  यात्रुमा पोजेटिभ देखिएपछि नेपाल एयरलाइन्स फेरि प्रतिबन्धमा परेको हो।