आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

अपाङ्गता भएका व्यक्तिहरुको हक हीतको अभिवृद्धिका लागि नगरपालिका प्रतिबद्ध : उपमेयर शान्ति नेपाल

गोकर्णेश्वर खबर१९ मंसिर २०७७, शुक्रबार ०८:५२ मा प्रकाशित (३ साल अघि) १००१ पाठक संख्या

१९ मंसिर, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका उपमेयर शान्ति नेपालले २९ औं अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै अपाङ्गता भएका व्यक्तिहरुको हक हीतको अभिवृद्धिका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउनु भएको छ ।

अन्तराष्ट्रिय अपाङ्ग दिवस (डिसेम्बर ३)को अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै उपमेयर शान्ति नेपालले अपाङ्गता क्षेत्रको विकासका लागि सरोकारवालाहरुको बिचमा निरन्तर सहकार्यको खाँचो औंल्याउनु भएको छ । अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै उपमेयर नेपालले अपाङ्गता भएका व्यक्ति, सरोकारवाला संघसंस्थाहरुलाई शुभकामना दिनु भएको छ ।

यसैगरी गोकर्णेश्वर नगरपालिका अपाङ्गता भएका व्यक्तिहरुको परिचयपत्र वितरण समन्वय समितिका सदस्य उदय बहादुर लिम्बुले अपाङ्गता भएका व्यक्तिहरुको हीतका लागि सरोकारवालाहरुको बिचमा एकता र सहकार्य आवश्यक रहेकोमा जोड दिनु हुँदै स्थानीय सरकारले प्रष्ट नीति योजनाका साथ अपाङ्गता भएका व्यक्तिहरुको पक्षमा सार्थक र प्रभावकारी काम गर्नु पर्ने बताउनु भयो । यस वर्षको अन्तराष्ट्रिय अपाङ्ग दिवसको नारा “Building Back Better: toward a disability-inclusive, accessible and sustatnable post COVID-19 World”. रहेको छ ।

यसैगरी यस वर्षको अन्तराष्ट्रिय अपाङ्ग दिवसको राष्ट्रिय नारा “कोभिड–१९ पश्चात्को उत्कृष्ठ पुनरागमनको सुनिश्चितता : अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दीगो विकासका लागि हामी सबैको प्रतिबद्धता” रहेको छ