आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

बुढानिलकण्ठ -१२ मा डा. राजन भट्टराई ,विकास योजनाहरुको निरीक्षण

गोकर्णेश्वर खबर१९ मंसिर २०७७, शुक्रबार ०८:१९ मा प्रकाशित (३ साल अघि) ११६९ पाठक संख्या

काठमाडौं ,मंसिर १८। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका पररास्ट्र सल्लाहकार डा .राजन भट्टराईले काठमाडौं क्षेत्र नं ४ अन्तर्गत रहेको बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का विभिन्न योजनाहरुको निरीक्षण गरेका छन।

नेकपा बुढानिलकण्ठका अध्यक्ष रबिन अधिकारी,सचिव प्रदिप डंगोल ,वडा नं १२ का अध्यक्ष शम्भु भट्टराई ,सदस्यहरु शान्ता ढकाल ,पुरुषोत्तम नेपाल ,डिल्ली प्रसाद खतिवडा ,नेकपा नगर कमिटीका सदस्यहरुको उपस्थितिमा डा .भट्टराईले खरिबोट -आकाशेधारा सडक, खरिबोट -तेन्जिङ चोक सडक , सोलुडाँडा खानेपानी विस्तार योजना,वुशु क्वान भवन ,नेपाल रेडक्रस सोसाइटी भवन निर्माण ,तेन्जिङ चोक – मिलनचोक तरकारी बजार ढल व्यवस्थापन तथा सार्वजनिक सौचालय निर्माण स्थल लगायतका योजनाहरुको निरीक्षण गरेका थिए।

सो निरीक्षणका क्रममा डा.भट्टराई संग वडा नं १२ का जनप्रतिनिधिहरुले विभिन्न विकास योजनामा देखिएका समस्याहरुका वारेमा जानकारी गराउदै समाधानको पहल गरिदिनका लागि आग्रह गरेका थिए।

वडाका विभिन्न योजनाहरुको निरीक्षण पश्चात डा .भट्टराईले सडक निर्माणको क्रममा बिजुलीका पोलहरुले समस्या दिएकोमा ति समस्याहरु हटाउन पहल गर्ने बताउदै वडा कार्यालयले दिने सेवा सुविधा जनमुखी हुनुपर्ने धारणा राखेका थिए।

त्यस्तै निरीक्षणका क्रममा वडा कार्यालय भवन निर्माणका लागि प्रस्तावित स्थल वुशु क्वान पुगेका डा .भट्टराईले सो स्थानमा आउने समयलाई पनि ध्यानमा राख्दै सुविधा सम्पन्न भवनका लागि संघीय सरकार बाट सहयोगका लागि पहल गर्ने प्रतिवदत्ता ब्यक्त गरेका थिए।