आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

कोरोना महामारी : विश्वभर मृत्यु हुनेको संख्या १५ लाख नाघ्यो

गोकर्णेश्वर खबर१९ मंसिर २०७७, शुक्रबार ०६:४७ मा प्रकाशित (३ साल अघि) ४०९ पाठक संख्या

एजेन्सी–विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार मृत्यु हुनेको संख्या १५ लाख ३ हजार १ सय ७ पुगेको हो। हालसम्म ६ करोड ५० लाख ४८ हजार १ सय २ जना संक्रमित भएका छन् भने ४ करोड १७ लाख ३१ हजार १ सय ५ जना निको भएका छन्।

संक्रमणबाट सबैभन्दा बढी अमेरिकामा २ लाख ७५ हजार ७ सय २९ जनाको मृत्यु भएको छ । ब्रालिमा १ लाख ७४ हजार ५ सय १५, भारतमा १ लाख ३८ हजार ६ सय ४८, मेक्सिकोमा १ लाख ७ हजार ५ सय ६५ र बेलायतमा ६० हजार २ सय १० जनाको मृत्यु भएको छ।

यस्तै, अमेरिकामा १ करोड ४१ लाख २ हजार ५ सय ६८, भारतमा ९५ लाख ३४ हजार ९ सय ६४, ब्राजिलमा ६४ लाख ३६ हजार ६ सय ५०, फ्रान्समा २३ लाख ५४ हजार ९ सय ३४, फ्रान्समा २३ लाख १० हजार ९० र बेलायतमा १६ लाख ७८ हजार ४ सय १८ जना संक्रमित भएका छन्।