आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

काठमाडौंमा एन्टिजेन परीक्षण, ८ प्रतिशतमा संक्रमण पुष्टि

गोकर्णेश्वर खबर१९ मंसिर २०७७, शुक्रबार ०६:४३ मा प्रकाशित (३ साल अघि) ४७८ पाठक संख्या

काठमाडौं- समुदायस्तरमा एन्टिजेन विधिबाट स्वाब परीक्षण गरिएकामध्ये ८ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ।

सरकारले काठमाडौं उपत्यकामा कोरोना हटस्पट मानिएका क्षेत्रका समुदायमा कोराना संक्रमणको अवस्था पत्ता लगाउन एन्टिजेन विधिबाट परीक्षण गरेको थियो। दुई दिनमा १ हजार ५ सय ५ जनाको स्वाब सकलन गरी एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय १५ जनामा  संक्रमण पुष्टि भएको छ।

सोमबार ७ सय २० जनाको परीक्षण गरिएकामा ४३ जना र बुधबार ७ सय ८५ जनाको परीक्षण गर्दा ७२ जनाको रिपोर्ट पोजिटिभ आएको हो।