आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

काठमाडौं उपत्यकामा थपिए ५६१ जना कोरोना संक्रमित

गोकर्णेश्वर खबर१८ मंसिर २०७७, बिहीबार १६:५१ मा प्रकाशित (३ साल अघि) ३०० पाठक संख्या

काठमाडौं, मंसिर १८ : काठमाडौं उपत्यकामा थप ५६१  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा थप ५६१  जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौंमा ४५५, भक्तपुरमा २६ र ललितपुरमा ८० जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

यस्तै,  बिहीबार नेपालमा थप १३४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ भने अहिलेसम्म २ लाख २० हजार २७२ जना संक्रमणमुक्त भएका छन्।

यस्तै,  पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १५५१ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार २१११ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।