आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

गोकर्णेश्वरको नयाँपाटीमा आमाछोरी मृत र श्रीमान अचेत अवस्थामा फेला

गोकर्णेश्वर खबर१८ मंसिर २०७७, बिहीबार १६:१५ मा प्रकाशित (३ साल अघि) १३३२ पाठक संख्या

काठमाडौँ, १८ मंसिर । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक महिला आफ्नो एक महिनाकी छोरीसहित मृत फेला परेकी छन् ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका घर भएकी २७ वर्षीया पेम्बी शेर्पा र उनकी एक महिनाकी छोरी बिहीबार बिहान मृत अवस्थामा फेला परेको हुन् । साथै उनका ३२ वर्षीय श्रीमान दोर्जे शेर्पा पनि अचेत अवस्थामा फेला परेका महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

अचेत अवस्थामा फेला परेका दोर्जेलाई उपचारका लागि नेपाल मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ । कोठामा राती सुत्दा क्वाइलवाला हिटर र इलेक्ट्रिकल हिटर बालेर सुतेको र झ्याल ढोका सबै बन्द गरेका कारण निस्सासिएर उनीहरुको मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले बताएको छ ।

किरान पसल सञ्चालन गर्दै आएका शेर्पा परिवार बिहान अबेरसम्म पनि नउठेपछि स्थानीयले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए ।

स्थानीयले खबर गरे लगत्तै प्रहरीको टोली गएर शेर्पा परिवार बसेको घरको ढोका फोडेर हेर्दा आमाछोरी मृत अवस्थामा फेला परेको र बुवा भने अचेत अवस्थामा फेला परेका थिए ।

घटनाको प्रारम्भिक अवस्था हेर्दा उनीहरुको निस्सासिएर मृत्यु भएको हुनसक्ने भएपनि यहीँ कारण हो भन्ने सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ । मृतक दुवैजनाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज पठाएको छ ।