आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

नेपाली कांग्रेस केन्द्रीय खेलकुद बिभाग काठमाडौंले कागेश्वरी ७ मा रक्तदान कार्यक्रम गर्ने

गोकर्णेश्वर खबर१८ मंसिर २०७७, बिहीबार १५:२५ मा प्रकाशित (३ साल अघि) १६८७ पाठक संख्या

काठमाडौं,  नेपाली कांग्रेस केन्द्रीय खेलकुद बिभाग काठमाडौंले  कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ मा रक्तदान कार्यक्रम गर्ने भएको छ  ।नेपाली कांग्रेस कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ इकाई कार्यसमितिको व्यवस्थापनमा २०७७ साल मंगसिर १४ गते आइतबार एकलव्य शिक्षा सदन हरहर महादेव कागेश्वरी मनोहरा नगरपालिकामा  बिहान १० बजे देखि २ बजे सम्म सम्पूर्ण स्वास्थ्य मापदण्ड पुरा गरि  सुरक्षित तवरले  आयोजना  हुने उक्त रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गर्न आयोजकले अनुरोध गरेको छ  ।

विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीक कारण अस्पतालहरुमा उपचारार्थ बिरामीहरुलाई रगत अभाबका कारण समस्या उत्पन्न नहोस भनेर रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।