आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

नवौँ राष्ट्रिय खेलकुद फागुनमा नहुने

गोकर्णेश्वर खबर१८ मंसिर २०७७, बिहीबार १४:२७ मा प्रकाशित (३ साल अघि) ३२७ पाठक संख्या

पोखरामा सञ्चालन हुने भनिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा नहुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौँ राष्ट्रिय खेलकुद आगामी फागुन २० गतेदेखि पोखरामा गर्ने निर्णय गरेको थियो ।

गण्डकी प्रदेशको राजधानी पोखरामा हुन लागेको नवौँ राष्ट्रिय खेलकुदका लागि आवश्यक भौतिक पूर्वाधारअन्तर्गत स्विमिङ, सुटिङ र हकीबाहेक अरू खेलका पूर्वाधारहरू निर्माण भइसकेका छन् ।

स्विमिङ र सुटिङका लागि टेन्डर पारित भएको छ भने हकीका लागि जग्गा खोज्ने कार्य भइरहेको छ ।

खेलका भौतिक पूर्वाधारहरू तयार भए पनि कोरोना संक्रमणको जोखिमका कारण फागुनमा खेल आयोजना गर्न नसकिने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सम्पन्न श्रेष्ठले बताए ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशको राजधानी पोखरामा नै हुने र पूर्वाधारका कारण खेल नरोकिने उनले बताए ।

यद्यपि खेल कहिले हुने भन्ने सम्बन्धमा राखेपले छिट्टै निर्णय गर्ने पनि उनले बताए ।