आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

के हो साइलेन्ट हर्टअट्याक ? कसरी थाहा पाउने ?

गोकर्णेश्वर खबर१८ मंसिर २०७७, बिहीबार ०५:४४ मा प्रकाशित (३ साल अघि) ४१३ पाठक संख्या

हृदयाघात (हर्टअट्याक) र यससँग जोडिएका लक्षणको बारेमा त धेरैलाई जानकारी छ । तर, के तपाईंलाई ‘साइलेन्ट हर्ट अट्याक’बारे जानकारी छ ? यो कुराको जानकारी सबैलाई हुन जरुरी छ । किनकि यो एउटा त्यस्तो अट्याक हो, जसको कुनै लक्षण देखिँदैन । यस्तो खाले हर्टअट्याकलाई ‘साइलेन्ट मयोकार्डियल इन्फार्कसन’को नामले चिनिन्छ ।

वास्तवमा, जब मुटुमा अक्सिजनको मात्रा पर्याप्त मात्रामा पुन सक्दैन, तब त्यस अवस्थामा साइलेन्ट हर्ट अट्याक अर्थात् साइलेन्ट मायोकार्डियल इन्फार्कसन हुने अत्यधिक सम्भवाना रहन्छ । जसपश्चात् गम्भीर हर्टअट्याक हुने आशंका अझ धेरै बढेर जान्छ ।

हार्वर्ड एजुकेसनका अनुसार, अहिले साइलेन्ट मायोकार्डियल इन्फार्कसनका कारण हर्टअट्याक ४५ प्रतिशतले बढेको पाइएको छ । तुलनात्मक रूपमा महिलाभन्दा पुरुषलाई यसको खतरा धेरै देखिन सक्छ ।

साइलेन्ट हर्टअट्याकका केही लक्षण यस्ता छन्, जसको सहायताले तपाईं सामान्य हर्टअट्याक गम्भीर हर्टअट्याकमा जानुपूर्व नै यसबारेमा थाहा पाएर आफूलाई सुरक्षित राख्न सक्नुहुन्छ ।

यसरी थाहा पाउन सकिन्छ साइलेन्ट हर्टअट्याक 

१. सुतेको वेला मुटुमा अलि फरक तरिकाले दुखेको महसुस हुनु ।
२. मुटु दुख्नु पूर्व या पछि सास फेर्न गाह्रो हुनु ।
३. शरीर दुख्नु । कम्मर, घाँटी, पेटमा गाह्रो हुनु ।
४. अचानक पसिना आउनु ।
५. अचानक बान्ता हुनु, ग्यास आउनु, खाना नपच्नु आदि

साइलेन्ट हर्टअट्याकका यस्ता लक्षण देखिनासाथ यथाशीघ्र चिकित्सकको सम्पर्कमा पुग्नु आवश्यक हुन्छ ।