आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

कुवेतले डिसेम्बर ७ बाट प्रतिबन्धित देशका घरेलु कामदार लैजाने

गोकर्णेश्वर खबर१८ मंसिर २०७७, बिहीबार ०५:३५ मा प्रकाशित (३ साल अघि) ५४९ पाठक संख्या

दोहा– कुवेतले प्रतिबन्धित देशबाट घरेलु कामदार लैजाने भएको छ । कुवेतको मन्त्रिपरिषद बैठकले निणर्य गरे लगतै आगामी डिसेम्बर ७ तारिखदेखि बिदामा गएर रोकिएका घरेलु कामदारलाई प्रवेश दिन लागेको हो ।

कुवेतले सिधा उडान मार्फत कोरोनाका करण फसेका घरेलु कामदारलाई लैजान लागेको जनाएको छ । यसरी फर्किने कामदारलाई उडान खर्च बाहेक क्वारेटाइन खर्च मात्र २७० कुवती दिनार तोकिएको छ ।

यसअघि अरब टाइम्सले उल्लेख गरेको समाचार अनुसार भारतबाट कुवेत फर्कनको लागि ११० र नेपालसहित श्रीलंका र बंगलादेशका १४५ तथा फिलिपिन्सका लागि २०० कुवेती दिनार भाडादर तोकेर कुवेत एयरवेज र जजिरा एयरवेजलाई उडान अनुमित दिइसकेको छ।

दैनिक रुपमा सुरक्षित तवरले ६ सय घरेलु कामदारलाई भित्र्याउन कुवेत सरकारको तयारी रहेको छ । १४ दिन अनिवार्य क्वारेटाइनमा बस्नु पर्नेछ भने लाग्ने सम्पूर्ण खर्च स्पोन्सरले दुई किस्तामा तिर्नु पर्नेछ ।

कुवेत सरकारको यो निणर्यसंगै बिदामा रहेका घरेलु नेपाली कामदार पनि फर्किन पाउने भएका छन् । करिब ८० हजार घरेलु कामदार कुवेत बाहिर रहेको अनुमान गरिएको छ । कोरोना महामारीको जोखिम बढेसंगै कुवेतले नेपालसहित ३४ देशलाई सिधा उडानमा प्रतिबन्ध लगाएको थियो ।