आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

तरुण दलले पौडेलमाथीको दुर्व्यवहार विरुद्ध देशव्यापी आन्दोलन गर्ने

गोकर्णेश्वर खबर१८ मंसिर २०७७, बिहीबार ०५:२६ मा प्रकाशित (३ साल अघि) ३८७ पाठक संख्या

काठमाडौं । नेपाल तरुण दल केन्द्रिय समितिले नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथीको दुर्व्यवहार विरुद्ध देशव्यापी आन्दोलन गर्ने भएकाे छ । सत्ता र शक्तिको आडमा भएको प्रहरी दुर्व्यवहार र गिरफ्तारीको घोर निन्दा गरेको छ ।

वरिष्ठ नेता पौडेल लगायत कांग्रेस तनहु जिल्ला कार्यवाहक सभापती जित प्रकाश आलेलाई पुल उद्घाटन गर्न नदिई प्रहरी प्रशासनबाट दुर्व्यवहार गरिएको अध्यक्ष जित जङ्ग बस्नेतले आरोप लगाएका छन ।

अध्यक्ष बस्नेतले प्रशासनको यो गतिविधिको विरुद्धमा सम्पूर्ण जिल्लामा विरोधका सशक्त कार्यक्रमहरु संचालन गर्नका लागि नेपाल तरुण दलले सबै जिल्ला समितिहरुलाई निर्देशन दिएकाे छ ।

निषेधाज्ञा तोडेका आरोपमा आज अपराह्न प्रहरी कार्यालयमा राखिएका वरिष्ठ नेता पौडेल साढे तीन घण्टापछि छाडिएको छ। तनहुँको व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दीखोलामा निर्माण भएको पक्की पुल उद्घाटन गर्न जाने क्रममा निषेधाज्ञा तोडेका आरोपमा अपराह्न २ बजे सुरक्षाका लागि प्रहरी कार्यालयमा राखिएका वरिष्ठ नेता पौडेल साढे ५ बजे मुक्त भएका छन् ।