आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

नेपालमा थप १ हजार ४९० जनामा कोरोना पुष्टि, ९ जनाको मृत्यु

गोकर्णेश्वर खबर१७ मंसिर २०७७, बुधबार १६:३४ मा प्रकाशित (३ साल अघि) ३४८ पाठक संख्या

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ ।

हालसम्म भएका संक्रमितमध्ये २ लाख १८ हजार १६१ जना निको भइसकेका मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १ हजार ५६७ संक्रमित निको भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ५४७ रहेको मन्त्रालयले जनाएको छ । कोरोनाले थप ९ जनाको मृत्यु भएको छ । यससँगै मृतकको कूल संख्या १ हजार ५३८ पुगेको मन्त्रालयले जनाएको छ ।