आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

नेकपा सचिवालय बैठक : प्रधानमन्त्री ओली आजको बैठकमा नजाने

गोकर्णेश्वर खबर१७ मंसिर २०७७, बुधबार ०७:५१ मा प्रकाशित (३ साल अघि) ४८९ पाठक संख्या

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेको छ । हिजोको सचिवालय बैठकमा विवाद भएपछि प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले आजको बैठक बहिष्कार गर्ने बालुवाटार निकट स्रोतले जनाएको छ ।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा छलफल गर्न नपाइने अडान राखेका ओलीविरुद्ध सचिवालयका बहुसंख्यक सदस्य उभिएपछि उनले बैठक बहिष्कार नै गर्न लागेका हुन् । ओलीको सचिवालयले भने प्रधानमन्त्रीको पूर्वनिर्धारित कार्यक्रम रहेकाले आजको बैठकमा नजाने बताएका जनाएको छ ।

हिजोको बैठकमा अध्यक्षद्वयका प्रतिवेदनमा छलफल सुरु भएको छ । बैठकमा छलफल नै गर्न नदिनेगरी प्रस्तुत भएका ओलीले बैठकको अन्तिममा आफूले भनेको नमान्ने बैठकको काम नभएको भन्दै बाहिरिएका थिए । असन्तुष्टि जनाउनका लागि उनले आजको बैठकमा नजाने बताएका उनी निकट एक नेताले जानकारी दिए ।