आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

कोरोनालाई मानिसले सामान्य रुघाखोकी मान्न थाले

गोकर्णेश्वर खबर१७ मंसिर २०७७, बुधबार ०७:०१ मा प्रकाशित (३ साल अघि) ४५४ पाठक संख्या

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण संख्यात्मक रुपमा घटिरहेको छ । सरकारले सार्वजनिक गर्ने दैनिक डाटा अनुसार अहिले कोरोना संक्रमणको दर घटिरहेको हाे । संक्रमण दर घटेपनि कोरोनाबाट मृत्यु हुनेको दर भने बढीरहेको छ । संख्यात्मक रुपमा कोरोना संक्रमण घटेको देखि एपनि वास्तविक रुपमा कोरोना संक्रमण कम नभएको डा.सवन थपलियाले बताए ।

उनले अहिले परीक्षण कम भएको कारण संक्रमित कम देखिएको बताए । ‘मानिसले कोरोनालाई रुघाखोकीको रुपमा लिएका छन्,’ उनले भने,‘ अहिले परीक्षण गराएकाहरुमा पनि तुलनात्मक रूपमा बढी संक्रमण देखिएको छ ।’ सरकारले अहिले लक्षण देखिएका मानिसलाई मात्र कोरोना परीक्षण गराउने गर्दछ ।

सरकारको यो नीतिको कारण धेरै मानिसहरु अहिले कोरोना परीक्षण गराउँदैनन् । आम रुपमा अहिले मानिसले कोरोनालाई सामान्य रुपमा पनि लिन थालेका छन् । कोरोनाको कुनै औषधी पत्ता नलागेको कारण पनि मानिसले कोरोना रोगसँग डरभन्दा केही हैन भन्ने मानसिकता बढी रहेकाे छ ।

डा.थपलियाले अहिले कोरोना परीक्षण गराउनेभन्दा पनि यस्तै हो भन्ने मानिसहरूकाे जमात बढेको बताउँछन्। उनले भने, ” परीक्षणको दायरा बढाउने हो भने अहिले पहिलेकोभन्दा बढी संक्रमित देखा पर्नसक्छ । ” मृत्युदरलाई आधार मान्दा नेपालमा धेरै संक्रमित भएको उनकाे तर्क छ ।