आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

नेफिन जापान कान्तो क्षेत्रीय समितिको अधिवेशन सम्पन्न,अध्यक्षमा कर्साङ तामाङ

गोकर्णेश्वर खबर१७ मंसिर २०७७, बुधबार ०६:५६ मा प्रकाशित (३ साल अघि) ६०३ पाठक संख्या

टोकियो । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापान कान्तो क्षेत्रीय समितिको दोस्रो अधिवेशन सम्पन्न भएकाे छ । आइतबार आज नोभेम्बर २९ तारिख एक जुम भर्चुअल माध्यमबाट अधिवेशन तथा नयाँ कार्यसमिति घोषणा सम्पन्न गरेको हो ।

अधिवेशनबाट अध्यक्षमा कर्साङ तामाङ सर्वसहमति चयन भएका छन् । महासंघ कान्तोको समितिका दुई उपाध्यक्षमा दीप लिम्बु र दिवश पुन मगर त्यस्तै सचिवमा बिनय गुरुङ चयन भएका छन् । कार्य समितिको सह सचिव स्मृति मोक्तान ,कोषाध्यक्षमा प्रिन्स पुन चयन भएका छन् ।

सदस्यहरुमा अभिषेक लिम्बु, रमेश पहरी ,रिन्जी शेर्पा ,कल्पना चेम्जोङ चयन भएका छन् । नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष सुमन लिम्वुको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा विभिन्न व्यक्तित्वहरुले शुभकामना दिएका थिए ।

नव निर्वाचित अध्यक्ष कर्साङ तामाङलाई एक कार्यक्रमका विच एनआरएनए आइसीसीका ददिवल खड्का,नेपाली ब्यवसायी संघ जापानका अध्यक्ष विजय थकाली,नेफिन जापानका केन्द्रीय महासचिव शान्त पहरी लगाएत संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना तथा बधाई दिएका थिए ।