आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

सिन्धुपाल्चोकमा दोस्रो र तेस्रो हिमाल आरोहण हुने

गोकर्णेश्वर खबर१७ मंसिर २०७७, बुधबार ०६:३० मा प्रकाशित (३ साल अघि) ४७० पाठक संख्या

चौतारा, मंसिर १६ गते । पाँचपोखरी पीक र युवा पीकको आरोहण तथा तिलमानपास अध्ययन सुरु हुने भएको छ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा रहेको सो क्षेत्रको अध्ययनको सुरुवात सोमबार बागमती प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले गर्नुभएको हो । मंसिर १९ गतेदेखि पुस ३ गतेसम्म पर्वतारोही माया गुरुङको संयोजनमा रुट अध्ययनसहितको टोलीले पाँचपोखरी पीक र युवा पीकको पहिलो आरोहण सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ । समुहमा पाँचपोखरी गाउँपालिका–३ का अध्यक्ष निमाछिरीङ तामाङ, सिन्धु पर्यटन परिषद्का मिलन तामाङ, पर्यटन सल्लाहकार सोमर बोम्जन, पहिलो तामाङ सगरमाथा आरोही महिला कान्छीमाया तामाङ, सगरमाथा आरोही दावा जाङ्बु शेर्पा, क्लाइम्बिङ लिडर तुलसिंग गुरुङ रहनेछन् । प्रारम्भिक अध्ययनबारे जानकारी गराउँदै बाग्मती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले अध्ययन र आरोहणले रसुवाको गोसाइँकुण्ड गाउँपालिकासँंग जोडिएको तिलमानपास नाका खुलाई थप पर्यटक भित्रिने र पर्यटनको माध्यमबाट आर्थिक, सामाजिक, विकासमा टेवा पुग्ने बताउनुभयो ।
यसले पाँचपोखरीलाई धार्मिक तथा तथा सांस्कृतिक रुपमा चिनाउने र स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्यको रुपमा अगाडि वढ्ने गाउँपालिका अध्यक्ष टासि लामाको भनाइ छ । काठमाडांैबाट सबैभन्दा नजिकको गन्तब्य रहेको र रसुवाको गोसाइँकुण्ड गाउँपालिकासँग जोडिएको तिलमानपास पाँचपोखरी थाङपाल गाउँपालिकासँग जोडिएको छ । उत्त ट्रेकिङ रुट खुलाउन अध्ययन हुन लागेको र नयाँ हिमालको नामाकरण सहित आरोहण गरिने लागेको गाउँपालिकाको पर्यटन प्रवर्धन समिति अध्यक्ष सुवास तामाङले बताउनुभयो । साहसिक पदमार्गको लागि तिलमान पासलाई महत्वपूर्ण मानिन्छ ।
यसअघि सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा पर्ने जुगल हिमशृंखलाको ग्याल्जेन पीकको दुई पटक सफल आरोहण सम्पन्न भैसकेको छ ।