आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

नेपालमा पछिल्लो २४ घण्टामा थपिए १३०४ कोरोना संक्रमित, २१ को मृत्यु

गोकर्णेश्वर खबर१६ मंसिर २०७७, मंगलवार १६:२४ मा प्रकाशित (३ साल अघि) २२६ पाठक संख्या

बितेको २४ घण्टामा देशभर थप १३०४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै २१ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५८३ जनाको पीसीआर परीक्षण हुँदा ५०१ महिला र ८०३ पुरुषसहित थप १३०४ जनामा कोराना संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या  २ लाख ३४ हजार ७५६ पुगेको छ भने बितेको २४ घण्टामा थप २०७३ जना निको भएसँगै कुल निको हुनेको संख्या २ लाख १६ हजार ५९४ पुगेको छ ।
यस्तै देशभर सmित्रय संक्रमित १६ हजार ६३३ जना रहेका छन् भने मृतकको संख्या १५२९ पुगेको छ ।