आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

अस्पताल लैजाने क्रममा कोरोना संक्रमित महिलाको बाटोमै मृत्यु

गोकर्णेश्वर खबर१६ मंसिर २०७७, मंगलवार १६:०२ मा प्रकाशित (३ साल अघि) २५८ पाठक संख्या

१६ मंसिर, विराटनगर । झापाकी एकजना कोरोना संक्रमित महिलालाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बस्दै आएकी थिइन् । तर स्वास्थ्यमा थप समस्या देखिएपछि उपचारका लागि ३६ वर्षीया महिलालाई विराटनगर लैजाने क्रममा मंगलबार दिउँसो बाटोमै मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंका अनुसार मृतक महिलामा दीर्घरोग भए/नभएको विषयमा खुलेको छैन । सोमबार कोरोना जाँच गर्दा महिलालाई कोरोना पोजेटिभ देखिएको थियो ।

फोकल पर्सन चौलागाईंका अनुसार झापामा संक्रमितको संख्या ३ हजार ८३१ छ । संक्रमित मध्ये ११० जनाको मृत्यु भएको छ ।