आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

महिला हिंसा सम्बन्धी अन्तर्क्रिया सम्पन्न

गोकर्णेश्वर खबर१६ मंसिर २०७७, मंगलवार ०६:५० मा प्रकाशित (३ साल अघि) ८२० पाठक संख्या

चितवन । भरतपुर महानगरपालिका–११ स्थितमा जिल्ला प्रहरी कार्यालय चितवन, सिद्धि विनायक, सल्लेरी शान्ति र बसेनी टोल विकास समितिको आयोजना र यौनजन्य हिंसा सशक्तिकरण अभियान सम्पन्न भएको छ । १६ दिने अभियान अन्तर्गत उक्त कार्यक्रममा कोभिड–१९ र महिला बालबालिका सम्बन्धी हिंसा बारे चर्चा भएको थियो ।

सो कार्यक्रम जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नान्तिराज गुरुङ्गको सभापतित्व र प्रतिनिधि सभा सदस्य तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्र नारायणगढकी अध्यक्ष मिना खरेल, भरतपुर हस्पिटलका डा. कल्याण सापकोटा अधिकारकर्मी संगिता भट्टराई, मन्जु खाड, दिवाकर श्रेष्ठ, टोल सुधार समितिका अध्यक्षहरु र स्थानीय २५ जना महिलाहरुको उपस्थिति रहेको थियो ।