आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

कोरोनालाई बेवास्ता गर्दै काठमाडौं महानगरको जम्बो टोली पाँच दिने भ्रमणमा

गोकर्णेश्वर खबर१५ मंसिर २०७७, सोमबार १७:५९ मा प्रकाशित (३ साल अघि) ५२२ पाठक संख्या

पोखरा । कोरोना संक्रमणलाई बेवास्ता गर्दै काठमाडौं महानगरपालिकाको जम्बो भ्रमण टोली पोखरा आइपुगेको छ । टोलीमा मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्की, प्रवक्ता ईश्वरमान डंगोल लगायत ४० जना छन् । टोली शुक्रबार काठमाडौंबाट निस्किएको हो ।

आइतबार साँझ पोखरा आइपुगेको टोली मंगलबार मात्र काठमाडौं फर्किने तयारी छ । यो टोली नवलपरासी पुगेर पोखरा आइपुगेको हो ।

नवलपरासीको रामग्राम नगरपालिकासंगको भगिनी सम्बन्धमा हस्तारक्षर गरेर टोली पोखरा आएको हो । उनीहरुको पोखरा बसाई तीन दिनको हुनेछ ।

पोखरा आइपुगेको टोलीले सोमबार पोखरा महानगरपालिकासंग अन्तरक्रिया गर्यो । अन्तक्र्रियामा पोखरा र काठमाडौं महानगरबीच हुन सक्ने सहकार्य समन्वयका विषयमा बहस भएको थियो ।

रामग्राम नगरपालिकासंग भगिनी सम्बन्ध स्थापित र पोखरा महानगरसंग अन्तरक्रिया गर्नुबाहेक भ्रमण टोलीको अन्य उद्देश्य केही नभएको काठमाडौं महानगरपालिकाका प्रवक्ता प्रवक्ता ईश्वरमान डंगोलले बताए ।