आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

वल्डलिंक कम्यूनिकेसन्स अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

गोकर्णेश्वर खबर१५ मंसिर २०७७, सोमबार १७:३३ मा प्रकाशित (३ साल अघि) ८३४ पाठक संख्या

काठमाडौँ– वल्डलिंक कम्यूनिकेसन्स अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएको छ । १९ नोभेम्बर २०२० तारिख का दिन वल्ड इन्फोरमेशन टेक्नोलोजी एण्ड सर्भिस एलाइन्स (विट्सा) ले मलेशियाको पेनाङ्गमा आयोजित २०२० टेकफेष्ट लाईभ रोड–टु–विट्सा मलेशिया हाईब्रिड कार्यक्रमको दोस्रो दिन विभिन्न विद्यामा पुरस्कार घोषणा गरेको थियो ।

उक्त समाहरोहमा वल्डलिंक कम्यूनिकेशन्स लिमिटेडले नेपालका विभिन्न भागहरु लगायत कर्णाली प्रदेश जस्तो विकट क्षेत्रमा इन्टरनेट सेवाको पहुँच पुर्याइएकोमा डिजिटल अपर्चुनिटी इन्क्लुजन “मेरिट पुरस्कार“ जित्न सफल भएको छ । हाल सम्म यो पुरस्कार पाउने वल्डलिंक नेपालको पहिलो कम्पनी हो ।