आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए ८ सय ९ कोरोना संक्रमित

गोकर्णेश्वर खबर१५ मंसिर २०७७, सोमबार १६:५८ मा प्रकाशित (३ साल अघि) २५८ पाठक संख्या

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा ३ सय ६१ महिला र ४ सय ४८ जना पुरुष रहेका छन् ।

काठमाडौंमा ६ सय १५, भक्तपुरमा ६९ र ललितपुरमा १ सय २५ जना नयाँ संक्रमित थपिएका हुन् ।

सोमबार देशभर १४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १९ सय ३१ जना डिस्चार्ज भएका छन् ।त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।