आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

कोरोना अपडेट : नेपामा थप १,२५५ जनामा संक्रमण, २५ जनाको मृत्यु

गोकर्णेश्वर खबर१४ मंसिर २०७७, आईतवार १६:२८ मा प्रकाशित (३ साल अघि) ४७७ पाठक संख्या

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १ हजार २ सय ५५जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीअनुसार देशभर थप १ हजार २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आइतबार थपिएका १ हजार २ सय ५५ जनासहित देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ । यीमध्ये १७ हजार ९ सय ९ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप २५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । योसँगै कुन कोरोना संक्रमित मृतकको संख्या १ हजार ४ सय ७९ पुगेको छ ।