आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

चरासँग ठोक्किएपछि हेलिकप्टर नुवाकोटमा आकस्मिक अवतरण

गोकर्णेश्वर खबर१४ मंसिर २०७७, आईतवार १५:५३ मा प्रकाशित (३ साल अघि) ४५४ पाठक संख्या

१४ मंसिर, काठमाडाैँ । नुवाकोटको बेलकोटगढी नगरपालिकामा हेलिकप्टर दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले कैलाश हेलिकप्टर सर्भिसेस्को नाईन एनए जेजे हेलिकप्टर सामान्य दुर्घटनामा परेको  जानकारी दिनुभयो ।

बागलुङको गलकोटबाट काठमाण्डौँका लागि उडेको हेलिकप्टर चरासँग ठोक्किएर बेलकोटगढीमा दुर्घटनामा परेको उहाँले जानकारी दिनुभयो । हेलिकप्टरमा सवार एक जना यात्रु सामान्य घाइते भएका छन । उनको अर्को हेलिकप्टरबाट उद्धर गरेर काठमाडाैँ ल्याइएको छ भने चरासँग ठोक्किएर दुर्घटनामा परेको हेलिकप्टरको मर्मत हुँदैछ ।

बेलकोटगढी नगरपालिका वडानम्वर ३ का वडा अध्यक्ष वीर जंग भण्डारी वडा नम्बर ३ का सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल, गिता मल्ल तथा चालक सवार रहेका थिए । भण्डारीको हात र खुट्टामा सामान्य चोट लागेको छ । हटियाबाट १२ बजेर ५० मिनेटमा उडेको हेलिकप्टर पौने २ बजे दुर्घटना भएको हो । चरा ठोकीदा हेलिकप्टरको अगाडिको सिसा फुटेको छ भने अगाडिको भागमा क्षति पुगेको छ । तस्बीरः बीरजंग भण्डारी ।