आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

छ जना गर्भवती महिलाहरु लिएर साथीको बिहेमा पुगे यी युवक

गोकर्णेश्वर खबर१२ मंसिर २०७७, शुक्रबार ०७:४० मा प्रकाशित (३ साल अघि) १९१६ पाठक संख्या

एजेन्सी । विवाह समारोहको समयमा एक व्यक्ति छ जना गर्भवती महिलाहरुका साथ पुगे र उनले ती महिलाहरुको गर्भमा रहेका बच्चाहरु सबै आफ्ना भएको बताए । प्रटी माइक नाम गरेका ती व्यक्तिका तस्विरहरु अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

प्रीटी माइक आफ्ना कलाकार साथी विलयम्स उचेम्बाको विवाहमा छ जना गर्भवती महिलाहरुका साथ पुगेका थिए । उनी त्यसरी पुगेपछि विवाहमा बेहुला–बेहुलीको भन्दा उनको चर्चा धेरै भएको थियो ।

प्रीटी माइक नाइजेरिया निवासी हुन् र प्लेबाइका रुपमा चर्चित छन् । यो भन्दा पहिले पनि उनी कतिपय घटनाले चर्चामा आएका थिए । सन् २०१७ मा महिलाहरुको आपत्तिजनक फोटो पोस्ट गरेको अभियोगमा उनलाई प्रहरीले गिरफ्तार पनि गरिसकेको छ ।

सामाजिक सञ्जालमा उनले आफू सबैभन्दा आनन्ददायी जीवन बिताइरहेको बताउँदै यसलाई चर्चामा आउने उपायका रुपमा नलिन आग्रह गरेका छन् ।

इन्ट्राग्राममा कतिपय मानिसहरुले विवाहमा बेहुला र बेहुलीको विवाहको उत्सवमा भाँजो हालेको अर्थमा पनि लिएका छन् ।

प्लेवाईका रुपमा चर्चित प्रीटी प्रायः ग्लामरस लाइफको फोटोहरु सामाजिक सञ्जालमा पोस्ट गर्ने गर्दछन् । इन्ट्राग्राममा प्रीटी माइकका तीन लाखभन्दा धेरै फलोअर्स छन् ।