आज: ६ चैत्र २०८०, मंगलवार | Tue, 19, Mar, 2024

हाम्रो सुनौलो संसार बाल आश्रम भवनको आज शिलान्यास

गोकर्णेश्वर खबर१० मंसिर २०७७, बुधबार २२:३३ मा प्रकाशित (३ साल अघि) ११०६ पाठक संख्या

काठमाडौं जिल्ला क्षेत्र नं.३, गोकर्णेश्वर नगरपालिका वडा नं.६, जोरपाटीमा विगत ६ बर्ष देखि संचालित हाम्रो सुनौलो संसार बाल आश्रमको शाखा कार्यालय एबम् भवन निर्माण कागेश्वरी मनोहरा नगरपालिका वडा नं १, गागलफेदी, पिपलडाँडामा आज महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननीय लिलानाथ श्रेष्ठबाट शिलान्यास भएको छ।

कार्यक्रममा विशेष अतिथि कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा , गोकर्णेश्वर नगपालिकाको उप-मेयर शान्ति नेपाल , गोकर्णेश्वर नगरपालिका प्रमुख सल्लाहकार दिपक रिसाल , गो.न.पा. वडा नं.५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी ज्यू, कागेश्वरी मनोहरा नगरपालिका वडा नं.१ का वडा अध्यक्ष मकुन्दा गजुरेल , धार्मिक तथा आध्यात्मिक सदभावना दूत रेखा अर्याल , राप्रपा पार्टीको केन्द्रीय सदस्य एबम् महिला समाजसेवी सरला वि.क, नेपाली काँग्रेस काठमाडौँ जिल्ला सदस्य आत्माराम ढकाल  र विनय कुमार पण्डित , ने.का. का. जि. क्षेत्र नं.३ प्रदेश ‘ख’ का सभापति श्रीकृष्ण थापा , इकाई सभापति कृष्ण बहादूर थापा , इकाई सचिव सनातन अर्याल , ने.वि.संघका नेता सागर रोक्का , गोकर्णेश्वर नगरपालिकाकी महिला नेत्री प्रमिला शेर्पा (प्रमी) , महिला समाजसेवी सोमा खत्री, दलित महिला नेत्री चमेली सुनार , महिला समाजसेवी जानकी बज्रचार्य  कुशल युवा परिचालक पाल्देन लामा , युवा बुद्धिलाल तामाङ , युवा कल्पना तामाङ , युवा मदन प्याकुरेल , युवा रञ्जन कुमार सापकोटा  लगायत विभिन्न व्यक्तित्वहरुको गरिमामय उपस्थिति रहेको थियो।

कार्यक्रममा बाल आश्रमलाई विभिन्न कोणबाट सहयोग पुर्याउँदै आउनुहुने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो जसमा: गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहाकार दीपक रिसाल , गोकर्णेश्वर नगरपालिका वडा नं.५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी , धार्मिक तथा आध्यात्मिक सदभावना दूत रेखा अर्याल , वरिष्ठ समाजसेवी प्रेरणा मैनाली, युवा नेता तथा समाजसेवी मनराज श्रेष्ठ , वरिष्ठ समाजसेवी मोहन कृष्ण श्रेष्ठ , महिला समाजसेवी सोमा खत्री , युवा उद्दमी सविता चापागाईं , बाल आश्रमका प्रमुख संरक्षक राजु सुनार  लगायतका व्यक्तित्वहरु सम्मानित हुनुभएको थियो। मायाको चिनो सम्पूर्ण अतिथिलाई बाल आश्रमकी केन्द्रीय अध्यक्ष मेनुका कोइरालाद्वारा प्रदान गरिएको थियो।

बाल आश्रमको भवन शिलान्यासको सन्दर्भमा पूजाआजा गर्न गुरु आदरणीय गौरीशंकर भण्डारीले उल्लेखनीय भूमिका निर्वाह गर्नु भएको थियो।

कार्यक्रमको सभापतित्व बाल आश्रमकी केन्द्रीय अध्यक्ष मेनुका कोइरालाले गर्नु भएको थियो, बाल आश्रमको सचिव सुबास बराइलीले स्वागत गर्नु भएको थियो भने बाल आश्रमको प्रमुख संरक्षक राजु सुनारले कार्यक्रम सञ्चालन गरेका  थियो। हाम्रो सुनौलो संसार बाल आश्रम परिवारको तर्फबाट सम्पूर्णमा हार्दिक आभार प्रकट गर्दछौं साथै यसैगरी साथ र सहयोगको अपेक्षा सदैव गर्दछौं। धन्यवाद !!!