आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

बाटो बिस्तारको निरीक्षणमा नगर प्रमुख कृष्णहरि थापा

गोकर्णेश्वर खबर९ मंसिर २०७७, मंगलवार ०८:०५ मा प्रकाशित (३ साल अघि) ५७१ पाठक संख्या

काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा नगरमा भएका विकास निर्माणका कामहरुको अनुगमनमा केन्द्रित भएका छन ।

कोरोना रोकथाम तथा जोखिम न्यूनीकरणका साथ साथै विकास निर्माणलाइ पनि गति दिने उदेश्यले नगरपालिका भित्र संचालनमा रहेका विकास निर्माणका कामहरुको निरीक्षण गर्दै स्थानीय संग छलफल गर्दै आएका छन  । उनले सोमबार  कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ बागमती करिडोर देखि मदन आश्रीत प्रतिष्ठान सम्मको  बाटो बिस्तारको निरीक्षण गरेका  थिए ।

आफ्नो पांच बर्षे कार्यकालको दौरान तीन वर्ष सम्म नगरपालिकाको दीर्घकालीन योजना तथा प्रशासनिक नीतिगत र कानुनी पूर्वाधार निर्माण गर्न केन्द्रित भएका नगर प्रमुख  नगरमा भए गरेका काम प्रगती र आगमी दिनमा गर्न पर्ने योजनाको बारेमा समेत स्थानीय जनता संग  छलफल गर्न टोल टोलमा मेयर अभियान समेत संचालन गर्दै आएका छन ।