आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

प्रधानमन्त्री ओलीद्वारा सामुदायिक स्वास्थ्य एकाइ भवन उद्घाटन

गोकर्णेश्वर खबर८ मंसिर २०७७, सोमबार १७:२४ मा प्रकाशित (३ साल अघि) ५२७ पाठक संख्या

८ मंसिर, ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओलीले फक्ताङ्लुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको आज उद्घाटन गर्नुभएको छ । घुन्सा फाउण्डेशनद्वारा निर्मित सो भवन उद्घाटनका लागि प्रधानमन्त्री ओली आज नेपाली सेनाको हेलिकप्टरमार्फत घुन्सा आइपुग्नुभएको थियो ।

भवन उद्घाटनअघि उहाँले छिमेकी चीनसँगको सीमा क्षेत्र ओलाङचुङ्गोला क्षेत्रको हवाई निरीक्षण पनि गर्नुभएको थियो । प्रधानमन्त्री ओलीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता सुवास नेम्वाङलगायत घुन्सा आउनुभएको छ । जिल्लाको दुर्गम घुन्सामा २०७१ सालमा स्वास्थ्य एकाइ स्थापना भएको थियो ।