आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

नेपालमा थप १९८० जनामा कोरोना संक्रमण पुष्टी, ३०४३ जना संक्रमणमुक्त

गोकर्णेश्वर खबर८ मंसिर २०७७, सोमबार १७:१६ मा प्रकाशित (३ साल अघि) २५१ पाठक संख्या

८ मंसिर, काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १८ हजार ८८४ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३०४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख २ हजार ६७ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १३३७ पुगेको छ ।