आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

साउदीमा ६३ नेपालीलाई बहिर्गमन भिसा

गोकर्णेश्वर खबर८ मंसिर २०७७, सोमबार ०६:४७ मा प्रकाशित (३ साल अघि) ७९६ पाठक संख्या

दोहा–  साउदी अरबमा गैरकानूनी रुपमा बसेका नेपालीहरु मध्ये पछिल्लो समय थप ६३ जनाले एक्जिट (बहिर्गमन भिसा) भिसा पाएका छन् ।

साउदीस्थित नेपाली दूतावासको अनुरोधमा साउदी सरकारले अहिलेसम्म १ हजार २८० जना नेपालीहरुलाई बहिर्गमन भिसा उपलब्ध गराइसकेको जनाएको छ ।

साउदीको विभिन्न कम्पनी, प्रतिष्ठानहरूमा कार्यरत श्रमिकलाई साउदीको आवासीय अनुमति पत्र (अकामा) नबनाइदिएका वा नवीकरण नगरिदिएका नेपालीलाई स्वदेश फिर्तिमा सहजीकरण गर्दै साउदी सरकारले बहिर्गमन भिसा दिएको दूतावासले जनाएको छ ।

कतिपय नेपालीहरुले आफ्नो अकामाको म्याद रहे नरहेको बारेमा स्पष्ट नबुझी दूतावासमा पठाउने गरेकाले त्यसबारे प्रष्ट हुने गरीको कागजातसहित पासपोर्ट र अकामाको फोटो खिची दूतावासमा पठाउन पनि अनुरोध गरिएको छ ।

यस्तै विभिन्न कसुरमा मुद्दा लागेका व्यक्तिहरुले पनि त्यस्तो मुद्दा सामाधान भइसकेपछि मात्रै कागजात पठाउन दूतावासले आग्रह गरेको छ ।